होटल एभरेस्ट र बसेरालाई विभागले तिरायो तीन/तीन लाख जरिवाना

325
shares

काठमाडौं, १५ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल एभरेस्ट र बुटिक होटल बसेरालाई तीन तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।

विभागले अनुगमनका क्रममा किचनमा म्याद गुज्रेको सामान फेला पारेपछि एभरेस्ट होटललाई कारबाही गरेको हो । बबरमहलस्थित बसेरा होटलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो ।

दुवै होटलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ । विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ ।