नेपाल टेलिकमको सचिवमा पौडेल नियुक्त

117
shares

काठमाडौं, १५ असोज । नेपाल टेलिकमको सचिवमा नायब प्रबन्ध निर्देशक द्वारिका प्रसाद पौडेल नियुक्त भएका छन् ।

केन्द्रिय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को असोज २ गतेको पत्राअनुसार कम्पनी सचिव परिवर्तन गरिएको हो ।

त्यसैगरी कम्पनीको प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । उनले सञ्चालक पद तथा गोपनीयताको शपथसमेत लिइसकेकी छन् ।