बाल मानव अधिकार रक्षक सम्बन्धी कार्यशाला सम्पन्न
वि.सं.२०८१ कात्तिक ९ शुक्रवार १४:१७
shares
काठमाडौं, ९ कात्तिक । कन्सोर्टियम नेपालको आयोजनामा भक्तपुर स्थित नगरकोटमा बाल अधिकार रक्षक सम्बन्धी ३ दिने राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।
सातै प्रदेशका बाल प्रतिनिधिहरु सम्मेलित राष्ट्रिय बाल पैरवी परिषद्मा आवद्ध बाल मानव अधिकार रक्षकहरुको समुहको उपस्थितिमा उक्त कार्यशाला सम्पन्न भएको हो ।
कार्यशालाको सहजीकरणको नेतृत्व राष्ट्रिय बाल अधिकार परिषद्का पूर्व कार्यकारी निर्देशक मिलन धरेलले गरेका थिए भने कार्यशालामा अन्य बाल अधिकारकर्मी तथा अभियन्ताहरु र पूर्व बाल क्लव अभियन्ताहरुबाट पनि सहजीकारण भएको थियो ।
कार्यशालामा बालबालिका पनि मानव अधिकार रक्षक हुन सक्ने विषयमा चर्चा गरिएको थियो । छलफललाई थप गर्दै धरेलले मानव अधिकारको कार्यान्वयन गर्न कानुनी र नीतीगत सम्मान, प्रवद्घन र अनुगमनको विषयमा काम गर्नुपर्ने बताए । उपस्थित बालबालिकाले बाल मानव अधिकार रक्षकले पनि काम गर्ने क्षेत्र यही रहेको विषयमा जोड दिए ।
कार्यशालामा बाल मानव अधिकार भनेको के हो ? मानव अधिकार रक्षक को हुन सक्छन् ? बाल मानव अधिकार रक्षक को हुन सक्छन् ? बाल मानव अधिकार रक्षकहरुको भुमिका के के हुन सक्छ ? जस्ता विषयहरुमा बृहत छलफल गरिएको थियो । उक्त अवसरमा बाल मानव अधिकार रक्षकहरुको भेला आयोजनागरी बाल मानव अधिकार रक्षकहरुको तर्फबाट पैरवी कार्यलाई व्यापक बनाउने प्रतिवद्धता समेत गरिएको छ ।