Dhulikhel Eco Banner new

हुलदङ्गाका कारण बीमा दाबी सहजरूपमा फछ्र्यौट गर्न बीमा कम्पनीलाई निर्देशन

741
shares

काठमाडौं, १७ चैत । नेपाल बीमा प्राधिकरणले चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिको दाबीलाई छिटो र सहजरूपमा फछ्र्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले  हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राख्दै बीमा दाबीलाई प्राथमिकताका साथ छिटो फछ्र्यौट गर्न भनिएको हो।

यसैगरी, प्राधिकरणले काठमाडौं उपत्यकामा चैत १५ गतेको हुलदङ्गाका कारण भएका क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा सङ्कलन गरेर, गुगल फर्मको लिङ्कमार्फत प्रत्येक हप्ताको बुधबार साप्ताहिक रूपमा प्राधिकरणमा पेश गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।