Dhulikhel Eco Banner new

सुनचाँदी व्यवसायीको आन्दोलन चर्किँदा देशभर पसल बन्द, मूल्य निर्धारणसमेत ठप्प

416
shares

काठमाडौं, २० असार । पछिल्लो केही सातादेखि सुरु भएको सुनचाँदी व्यवसायीहरूको आन्दोलन अझ चर्किएको छ। सुनमा लाग्ने २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा–पत्थरमा लागाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजको माग गर्दै व्यवसायीहरू देशव्यापी आन्दोलनमा उत्रिएका हुन्। शुक्रबार भने नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य नै निर्धारण गरेन्।

व्यवसायीहरूको आन्दोलनका कारण देशभरका सुनचाँदी पसलहरू बन्द छन्। दैनिक करोडौंको कारोबार हुने यो क्षेत्र ठप्प हुँदा बजारमा सुनको मूल्य निर्धारणसमेत प्रभावित भएको छ। सामान्यतया हरेक दिन बिहान १०ः३० बजे सुनको मूल्य निर्धारण गरिँदै आएकोमा आन्दोलन सुरु भएपछि समय परिवर्तन भई दिउँसो १ बजे मूल्य तोकिने गरिएको थियो।

महासंघका अनुसार पसलहरू पूर्ण रूपमा बन्द रहेका बेला मूल्य निर्धारण गर्नुको अर्थ नरहेकोले शुक्रबारका लागि मूल्य तोकिएको छैन। महासंघले सुनको भन्सार दर ६ प्रतिशतमै स्थिर राख्नुपर्ने र सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति तथा कार्यविधि निर्माण गर्नुपर्ने माग पनि अघि सारेको छ।