Dhulikhel Eco Banner new

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

325
shares

काठमाडौं, २१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानहरूमा बदली मौसम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति केही पहाडी र हिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा सतर्कता अपनाउन भनिएको छ।

वर्षासँगै बाढी, पहिरो, डुबान र नदीहरूमा पानीको सतह बढ्न सक्ने भएकाले जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।