यी हुन नेपालमा स्थापित भएका १२ ठुला युट्युब च्यानलहरु (भिडियाे)

618
shares

काठमाडौं, २० पुस । २१ औँ शताब्दीको अन्त्य तिर आइपुग्दा विश्वले डिजिटलाईजेसलाई अँगालेको छ । जसलाई पच्छ्याउने काम नेपालले पनि गरिरहेको छ । सामाजिक सञ्जालको पहुँच बढ्दो रहेको बेला नेपालमा पनि यसको प्रयोग उकालो लाग्ने क्रम जारी छ । भिडियो प्लेटफर्मका लागि उत्कृष्ट मानिएको युट्युबको प्रयोगकर्ता समेत नेपालमा बाक्लो रहेका छन् । नेपाली संगीत उद्योग, मिडिया देखी लिएर व्यक्तिगत रूपमा यसको प्रयोग गर्नेहरूको संख्या उत्तिकै रहेको छ । आज हामी नेपालबाट प्रसारण हुने उत्कृष्ट १२ युट्युब च्यानलको विषयमा चर्चा गर्नेछौँ ।

हाम्रो यो रिपोर्टमा उल्लेख गरिएका च्यानलहरू मध्ये कुनै पनि च्यानलले प्राप्त गरेको सब्सक्राइबको आधारमा स्थान तोकिएको छ । नेपाल भित्रैबाट सञ्चालन भएर पनि अन्य मुलुकको लोकेसन प्रयोग गरेका च्यानलहरू यस रिपोर्टमा समावेश हुने छैनन् । जसमा नेपालको एक चर्चित टिभी च्यानल कान्तिपुर समेत पर्नेछ ।

नम्बर १२: रामसर मिडिया प्रा लि.
रामसर मिडिया प्रा लिको नाममा सञ्चालनमा रहेको युट्युब च्यानल नेपालको १२ औँ ठुलो च्यानल हो । यस च्यानलमा ‘चतुरे’ नामक टेलिफिल्म प्रसारण गर्ने गरिएको छ । यो रिपोर्ट तयार पार्दासम्म यस च्यानलमा २ हजार ७ सय ४४ वटा भिडियो सार्वजनिक गरिएको छ । यो च्यानल २३ लाख २० हजार सब्सक्राइबर सहित १२ औँ नम्बरमा छ ।

नम्बर ११ः टंक बुढाथोकी
टंक बुढाथोकीको नाममा सञ्चालनमा रहेको यस च्यानल नेपालको ११ औँ ठुलो च्यानल हो । यस च्यानलमा म्युजिक भिडियो प्रसारण गर्ने गर्ने गरिएको छ । यस च्यानलमा हालसम्म १६६ वटा भिडियो सार्वजनिक गरिएको छ । यो च्यानल सबै भन्दा कम भिडियो सार्वजनिक गरेर धेरै सब्सक्राइबर पाउने पहिलो च्यानल पनि हो । यस च्यानलमा हालसम्म २३ लाख ५० हजार सब्सक्राईबर जोडिएका छन् ।

नम्बर १०ः सुकुमाया टिभी
सुकुमाया टिभीको नाममा सञ्चालनमा रहेको यस च्यानल नेपालको १० औँ ठुलो च्यानल हो । यस च्यानलमा ‘भुन्टी’ र ‘कान्छी’ नामक टेलिफिल्म प्रसारण गर्ने गरिएको छ । यस च्यानलमा हालसम्म २ सय २० वटा भिडियो सार्वजनिक गरिएको छ । यस च्यानलमा हालसम्म २४ लाख ३० हजार सब्सक्राईबर जोडिएका छन् ।

नम्बर ९ः न्युज २४ नेपाल
न्युज २४ नेपाल नामक नेपाली मेन स्ट्रिम टेलिभिजन न्युज २४ को अफिसियल च्यानल हो । यस च्यानलमा उक्त टेलिभिजनमा प्रसारण हुने सामाग्रीहरूलाई नै प्रसारण गर्ने गरिन्छ । यस च्यानलले हालसम्मका ठुला च्यानलहरू मध्ये सबैभन्दा बढी अर्थात् ५६ हजार २९० वटा भिडियो सार्वजनिक गरेको छ । साथै २७ लाख ७० हजार सब्सक्राईबर सहित यो च्यानल नेपालको ९ औँ ठुलो च्यानल बन्न सफल भएको छ ।

नम्बर ८ः मिडिया हब अफिसियल च्यानल
मिडिया हब अफिसियल च्यानल नेपाली टेलिफिल्म जगतको संरक्षकको रूपमा स्थापित भएको च्यानल हो । यसले विभिन्न टेलिफिल्महरु प्रसारण गर्न गरेको छ । च्यानलमा हालसम्म १ हजार १४९ वटा भिडियो सार्वजनिक भएका छन् भने २८ लाख ४० हजार सब्सक्राईबर सहित यो च्यानल नेपालको ८ औँ नम्बरमा स्थान बनाउन सफल रहेको छ ।

नम्बर ७ः इन्द्रेणी डट कम
इन्द्रेणी डट कम लोक दोहोरीसँग सम्बन्धित कार्यक्रम ‘इन्द्रेणी’ प्रसारण हुने च्यानल हो । यस च्यानलले हालसम्म ३ हजार ७५८ वटा सामाग्री प्रसारण गरेको छ । ठेट लोकदोहोरी मनपराउने दर्शकहरूको साथ पाएको यो च्यानल छोटो समयमा नेपालको ७ औँ ठुलो च्यानल बन्न सफल भएको छ । यस च्यानलमा हाल सम्म ३० लाख १० हजार सब्सक्राईबर जोडिएका छन् ।

नम्बर ६ः  दी काटुन् क्रुज
दी काटुन् क्रुज म्युजिक भिडियो र उत्कृष्ट नृत्यका कारण चर्चामा आएको च्यानल हो । नृत्यमा विशेष चासो राख्ने युवाहरूको प्रस्तुतिका कारण यस च्यानलमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको पाइन्छ । यस च्यानलमा हालसम्म १७८ वटा सामाग्री प्रसारण भएका छन् । दी काटुन् क्रुज हाल ३१ लाख ६० हजार सब्सक्राइबरसहित नेपालको छैटौँ ठुलो च्यानलको रूपमा स्थापित भएको छ ।

नम्बर ५ः भि एफ एक्स कार्की
भि एफ एक्स कार्कीको नाममा सञ्चालनमा रहेको यस च्यानल गौरव कार्कीद्वारा सञ्चालित च्यानल हो । यस च्यानलमा मनोरञ्जनात्मक भि एफ एक्स भिडियोहरू प्रसारण गरेको पाइन्छ । जुन बाल उपयाेगी सामाग्रीहरू छन् । नेपालको पाँचौँ ठुलो च्यानलको रूपमा स्थापित यस च्यानलले ६ हजार ८६० वटा सामाग्री प्रसारण गरिसकेको छ । हालसम्म च्यानलमा ३३ लाख ३० हजार सब्सक्राईबर जोडिएका छन् ।

नम्बर ४ः दी भोइस फल नेपाल
टिभी रियालिटी सो दी भोइस फल नेपालको युट्युब च्यानल नेपालको चौथो ठुलो युट्युब च्यानल हो । गायनसँग सम्बन्धित यस रियालिटी सो नेपालमा सर्वाधिक रुचाइएका रियालिटी सो मध्ये एक हो । यस च्यानलले हालसम्म १ हजार १३२ वटा भिडियो सार्वजनिक गरेको छ । च्यानलमा जोडिने सब्सक्राईबको संख्या हाल ३३ लाख ४० हजार पुगेको छ ।

नम्बर ३: लाका ग्यामिङ
लाका ग्यामिङ एक फ्रिफायर नामक अनलाइन खेल प्रयोगकर्ताद्वारा सञ्चालित च्यानल हो । उक्त च्यानलमा यसै खेलसँग सम्बन्धित भिडियोहरू सार्वजनिक गर्ने गरेको पाइन्छ । यस च्यानलका प्रयोगकर्ता एक नेपाली युवा हुन तर उनले हिन्दी भाषामा भिडियो बनाउने गरेका छन् । यस च्यानलमा हालसम्म १ हजार ६२८ भिडियो सार्वजनिक भएको छ भने ४८ लाख ६० हजार सब्सक्राईबर सहित यो च्यानल नेपालको तेस्रो स्थानमा रहन सफल रहेको छ ।

नम्बर २ः बुढासुब्बा डिजिटल
बुढासुब्बा डिजिटलको नाममा सञ्चालनमा रहेको यस च्यानलमा नेपाली चलचित्र, चलचित्रका गीत तथा नेपाल म्युजिक भिडियोहरू सार्वजनिक हुने गरेको छ । साथै यस च्यानलमा टेलिफिल्महरु समेत  प्रसारण गर्ने गरिएको छ । यस च्यानलले हालसम्म १२ हजार ६६७ वटा भिडियो सार्वजनिक गरेको छ । हाल ६१ लाख ४० हजार सब्सक्राईबर सहित यो च्यानल नेपालको दोस्रो स्थानमा रहन सफल रहेको छ ।

नम्बर १ : म्युजिक नेपाल
सब्सक्राईबरको आधारमा म्युजिक नेपाल नेपालको एक नम्बरमा पर्ने च्यानल हो । यस च्यानलले हालसम्म १२ हजार ७८३ भिडियो सार्वजनिक गरेको छ । म्युजिक भिडियोहरू प्रसारण गर्दै आएको यस च्यानलमा नेपालकै सबैभन्दा बढी ७५ लाख ३० हजार सब्सक्राईबर रहेका छन् ।

स्रोतः गुगल


franklin 1200*150