‘अर्थमन्त्रीले ब्याजदर घट्ने आशा जगाउनुभयो’ – अध्यक्ष कार्की (भिडियाे)

618
shares

काठमाडौं, २९ पुस । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले अर्थ मन्त्रीलाई भेटेपछि ब्याजदर घट्नेमा आशा पलाएको प्रतिक्रिया दिएका छन् । शुक्रवार साँझ सिंहदरबार स्थित अर्थमन्त्री विष्णु पौडेललाई भेटेसँगै केटीएम भ्वाइससँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने ‘हामीले बैंकको चर्को ब्याजदर र व्यवसायीलाई परेको मारको विषयमा अर्थमन्त्रीसँग कुरा गर्‍याै । उहाँले हाम्रो कुरा निकै ध्यान दिएर सुन्नुभयो र यसमा विशेष चासो दिने पनि प्रतिबद्धता जनाउनुभएको छ । अब आस गरौँ केही होला कि ।’

दुई वर्ष अघि ८ प्रतिशत रहेको ब्याजदर हाल १५ प्रतिशत भन्दा माथि पुगेकाले यसमा थोरै मात्रै पनि अर्थमन्त्रीले चासो दिए व्यवसायीहरू सहज अवस्थामा आउन सक्ने उनको जिकिर थियो ।

हेर्नुहोस् कार्कीसँग केटीएम भ्वाइसले गरेको संक्षिप्त भिडियो संवाद:


franklin 1200*150