माइतीघर पुगेर गृहमन्त्रीले भने – ‘निर्मला कुर्मीले न्याय पाउँदा म सबै भन्दा बढी खुसी हुन्छु’ (भिडियो)

564
shares

काठमाडौं, ३० पुस । गृहमन्त्री रवि लामिछाने निर्मला कुर्मीले न्याय पाउँदा सबै भन्दा बढी आफू खुसी हुने बताएका छन् ।  अधिकारकर्मीलाई भेट्नका लागि माइतीघर पुगेका उपप्रधानमन्त्री तथा गृह मन्त्री लामिछानेले निर्मला कुर्मीलाई न्याय माग्दै धर्ना बसिरहेका बाँकेका अधिकारकर्मीसँग धर्ना स्थलमै पुगेर भेट गरेको हुन् ।

भेटका क्रममा गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको न्यायका लागि सक्दो प्रयास गर्ने बताएका छन् । आफू घरमा बसेर यो चिसो समयमा अधिकारकर्मीहरूलाई सडकमा बस्ने अवस्थाले आफूलाई सारै चिन्तित बनाएको उनको जिकिर छ ।

बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एक टोली अहिले माइतीघरमा धर्नामा बसिरहेका छन् । उनीहरूले निर्मला कुर्मीको बेपत्ता भएको घटनामा कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी दोषी रहेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान गर्न माग गर्दै आएका छन् ।

हेर्नुहोस् भिडियोः


franklin 1200*150