Dhulikhel Eco Banner new

आशीर्वादको पीडा

21.49K
shares

काठमाडौं, १८ पुस । मैले हालै एउटा तालिम कक्षामा प्रत्यक्ष अनुभव गर्ने अवसर पाएँ । तालिम सहजीकरणका लागि तोकिएको समयभन्दा केही अगाडि पुगेको म, सहभागीका रूपमा केही बेर छेउमै बसेर अर्को सरको कक्षा सुन्ने अबसर पाए जहाँ शब्दहरू भन्दा बढी मनोभावले बोलिरहेको थियो । सहभागी हरूका प्रश्नहरू जिज्ञासा भन्दा आत्मरक्षामा केन्द्रित थिए— कसैले भने मैले त मेरो तर्फबाट सबै गरिसकेको छु त कसैले भने यही तरिकाले त वर्षौंदेखि काम हुँदै आएको छ । ती आवाजहरूमा एउटै भाव थियो— म नै ठीक छु । फरक दृष्टिकोण सुन्ने धैर्यभन्दा आफूलाई सही सावित गर्ने हतार हावी थियो, जसले मलाई गहिरो सोचमा डुबायो । जबसम्म हामी आफूलाई कहिल्यै गलत मान्न तयार हुँदैनौँ, तबसम्म सुधार सम्भव हुँदैन । तालिम, नेतृत्व वा जीवन— जुनसुकै यात्रामा पनि साँचो सिकाइ त्यहीँबाट सुरु हुन्छ, जहाँ “म ठीक छु” भन्ने अहंकार गल्दै “म सिक्दै छु” भन्ने विनम्रता जन्मिन्छ ।

त्यो आवाज केवल विवादको होइन, हाम्रो सामूहिक मानसिकताको प्रतिविम्ब थियो, जहाँ आत्मालोचना भन्दा दोषारोपण सजिलो ठानिन्छ त्यसको केही समयपछि मेरो कक्षाको समय सुरु हुन्छ र मैले सहभागीहरूलाई शुरुमै विषय बस्तुमा प्रबेश अगाडि एउटा साधारण प्रश्न सोधेँ । हामी सबैका छोराछोरी वा भाइबहिनीहरू छन्, होइन ? सबैले सहमतिमा टाउको हल्लाए । त्यसपछि मैले अर्को प्रश्न राखे टीका लगाउँदा म जस्तै भएस भनेर आफना भाई बहिनीलाई आशीर्वाद कति जनाले दिन सक्नु हुन्छ ?

त्यस क्षण कक्षा एकाएक मौन भयो न कोही बोले, न कसैले आँखा जुधाउन सके त्यो मौनतामा लाज र आत्मस्वीकारको संकेत थियो । त्यो मौनताले एउटा कठोर सत्य उजागर पनि ग¥यो । हामी बाहिरबाट आफूलाई असल, जिम्मेवार र सफल देखाउन खोज्छौँ तर भित्र भित्रै हामी जान्दछौँ—हामी आफैँ आफ्नो जीवनसँग पूर्ण सन्तुष्ट छैनौँ । हामीले धेरै सम्झौता गरेका छौँ, धेरै चाहनाहरू दबाएका छौँ र धेरै अवसर गुमाएका छौ । त्यसैले जब आफ्नै सन्तानको भविष्यको कुरा आउँछ, उनीहरूलाई आफूजस्तै बन्न चाहँदैनौँ ।

हामी प्रायः आफ्ना कमजोरी स्वीकार्न डराउँछौ । गल्ती मान्नु भनेको हार जस्तो लाग्छ । त्यसैले परिस्थिति खराब थियो, अरूले साथ दिएनन् भनेर दोष बाहिर थोपार्छौँ । यसले केही समय आत्मसन्तुष्टि दिन्छ, तर आत्मसुधारको ढोका बन्द गरिदिन्छ तर सन्तानका सपना अगाडि राख्दा ती बहानाहरू टिक्दैनन् । हामी उनीहरूलाई आफूभन्दा राम्रो, सक्षम र सफल देख्न चाहन्छौँ, किनकि हामी आफैँ त्यो बन्न सकेनौँ ।

तर सन्तान हाम्रा अधुरा सपना पूरा गर्ने माध्यम मात्र होइनन् । उनीहरू हाम्रो जीवनको ऐना हुन । हामी कस्तो बोल्छौँ, कसरी व्यवहार गर्छौँ, असफलतासँग कसरी जुध्छौँ—यी सबै कुरा उनीहरूले ध्यानपूर्वक हेर्छन् र सिक्छन् । उपदेशले होइन, उदाहरणले उनीहरूको चरित्र निर्माण हुन्छ ।

यहीँ हाम्रो जीवनको ठूलो विरोधाभास देखिन्छ । हामी आदर्शका कुरा गर्छौँ, तर अभ्यास गर्दैनौँ, हामी नैतिकताको पाठ पढाउँछौँ, तर आफ्नो जीवनमा त्यसलाई लागू गर्दैनौँ भित्र सोच एकथरी हुन्छ, बाहिर व्यवहार अर्कै । यही विसङ्गतिले हाम्रो आत्मविश्वास कमजोर बनाउँछ ।

आफैँलाई आशीर्वाद दिन नसक्ने मानिसको सन्तान कसरी साँचो अर्थमा आशीर्वादित हुन्छ ? यो प्रश्न केवल भावनात्मक होइन, जिम्मेवारीको पनि हो । यदि हामी आफ्ना सन्तानलाई उज्यालो भविष्य दिन चाहन्छौँ भने, पहिले आफ्नो वर्तमान उज्यालो बनाउनुपर्छ । परिवर्तनको सुरुवात अरूबाट होइन, आफैँबाट हुनुपर्छ ।

सन्तानलाई आफूभन्दा राम्रो देख्न चाहनु स्वाभाविक हो तर त्यो सपना तब मात्र सम्भव हुन्छ, जब हामी आफैँ सुधारको यात्रामा लाग्छौँ । आफ्ना गल्ती स्वीकार्ने साहस, परिवर्तन गर्ने इच्छाशक्ति, र उदाहरण बन्ने प्रतिबद्धता—यिनै कुरा सन्तानका लागि सबैभन्दा ठूलो आशीर्वाद हुन् ।

अन्ततः सन्देश स्पष्ट छ— आफूलाई बदल्न नसक्नेले अरूलाई बदल्न सक्दैन । जब हामी आफूजस्तै हुन आफ्ना सन्तानलाई निसंकोच आशीर्वाद दिन सक्ने अवस्थामा पुग्छौँ, तब मात्र हाम्रो जीवन, हाम्रो अभिभावकत्व र हाम्रो सन्ततिले साँचो अर्थ पाउँछ ।

Follow Up

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’

‘ज्योती विकास बैंक घटनापछि कर्मचारीमा त्रास बढेको छ’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ज्योति विकास घटनापछि लघुवित्तमा मनोवैज्ञानिक दबाब बढ्यो’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘ऋण मिनाहा हुँदैन भन्ने सन्देशले लघुवित्तको रिकभरीमा सुधार आएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘लघुवित्त क्षेत्रको कार्य वातावरण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा परिवर्तन भएको छ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘लघुवित्त क्षेत्र क्रमिक सुधारतर्फ उन्मुख हुँदै गएको छ’

‘कर्जाको माग न्यून हुँदा राष्ट्र बैंकले पटक–पटक तरलता व्यवस्थापन गर्नुपरेको अवस्था छ’

‘कर्जाको माग न्यून हुँदा राष्ट्र बैंकले पटक–पटक तरलता व्यवस्थापन गर्नुपरेको अवस्था छ’

‘दुई संस्थासम्म कर्जा सीमाले लघुवित्त क्षेत्र स्थिर बन्दै गएको छ’

‘दुई संस्थासम्म कर्जा सीमाले लघुवित्त क्षेत्र स्थिर बन्दै गएको छ’

‘लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको छ’

‘लघुवित्त क्षेत्रको अवस्था हाल निकै चिन्ताजनक रहेको छ’

‘लघुवित्तमा सुधारको संकेत देखिएको छ, चुनौती भनेको एनपीएल नै हो’

‘लघुवित्तमा सुधारको संकेत देखिएको छ, चुनौती भनेको एनपीएल नै हो’

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’

‘लघुवित्तबारे ग्राहकहरुले बुझ्न थाल्नु भयो, रिकभरी सुधार हुँदैछ’

‘अधिकांश लघुवित्त संस्थाहरू अहिले ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने अभियानमा केन्द्रित छन् ’

‘अधिकांश लघुवित्त संस्थाहरू अहिले ग्राहकसँगको सम्बन्ध मजबुत बनाउने अभियानमा केन्द्रित छन् ’