GBIME

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति कार्कीको आग्रह

6.85K
shares

बेलका । नेपाली कांग्रेसका उदयपुर जिल्ला सभापति तथा प्रदेश १ का भौतिक पूर्वधार मन्त्रि हिमाल कार्कीले बागी उम्मेदवारीहरुलाई फिर्ता लिन आग्रह गरेका छन् ।

साथै, कार्कीले पार्टी छोडेका व्यक्तिहरुलाई पार्टीमा फर्कन समेत आग्रह गरेका छन् । कार्कीले बुधबार एक विज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेका हुन् ।

उनले विज्ञप्तीमा भनेका छन्, राजनीतिक रुपमा बर्तमान समयको विशिष्ठ परिस्थिलाई बुझिदिनु हुन विनम्र अनुरोधका साथ पार्टीको जिम्मेवारीबाट बाहिर जाने निर्णय फिर्ता लिई आआफ्नो जिम्मेवारी बहन गरिदिनुहुन सबैमा अनुरोध छ । भनिएको छ ।

त्यासमा बागी उम्मेदवारी दिनेलाई समेत सम्बोधन गरेर भनेका छन्, पार्टीको आधिकारिक निर्णयका विरुद्धमा उम्मेदवारी दिनु हुने सवैलाई बैशाख १६ गते सम्म आआफ्नो उम्मेदवारी फिर्ता लिनुहुन अनुरोध गर्दछु । विज्ञप्तीको अन्त्यमा भनिएको छ ।

Dhulikhel Eco Resort 1200*100