Nepal Life Banner

लिफ्टिङबाट खानेपानीका धारा

3.37K
shares

म्याग्दे गाउँपालिका–२स्थित लिफ्ट झ्यालगैह्रा खानेपानी आयोजना निर्माण भइ स्थानीयवासीका घरघरमा खानेपानी उपलब्ध गराइएको छ ।

सङ्घीय सरकार र गण्डकी प्रदेशको गरी कूल रु दुई करोड ५१ लाख २४ हजार ३३२ को लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।

पानीको समस्याका कारण यस क्षेत्रका मानिसले धेरै कठिनाइ भोग्दै आएको स्थानीय उपभोक्ता सोमबहादुर थापाले बताउनुभयो । सङ्घीय सरकारबाट  रु एक करोड ४६ लाख ४९ हजार ५४९, प्रदेश सरकारबाट  रु ४० लाख ८७ हजार ५६ र   थप रु तीन लाख ४२ हजार १६८ उपलब्ध गराउनका साथै  रु ६० लाख २५ हजार ६०६ बराबरको श्रमदान व्यहोरिएको थियो । झ्यालगैह्राबाट ऋषिथुम डाँडासम्म करिब एक किलोमिटर लामो दूरीमा खानेपानी लगेर ट्याङ्कीमा सङ्कलन गरी वितरणको व्यवस्था मिलाइएको छ ।