काठमाडौ, १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरेका छन् ।
ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि पागल भनेको भन्दै थापाले भने, ‘उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ ।’