Dhulikhel Eco Banner new

अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६ काठमाडौंमा भव्य रूपमा सम्पन्न

1.6K
shares

काठमाडौं, ९ जेठ । मानव संसाधन समाज नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६ काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपालभरका विभिन्न संस्था तथा उद्योग क्षेत्रका २५० भन्दा बढी मानव संसाधन (एचआर) पेशेवरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य बदलिँदो कार्यसंस्कृति, मानव–केन्द्रित नेतृत्व तथा संगठनात्मक रूपान्तरणमा एचआर पेशेवरहरूको बढ्दो भूमिकालाई सम्मान तथा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा एचआर क्षेत्रका अग्रज, कर्पोरेट प्रतिनिधि, शिक्षाविद् तथा विभिन्न उद्योगका पेशेवरहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मानव संसाधन समाज नेपालका अध्यक्ष मोहन थापाले यस वर्षको अन्तर्राष्ट्रिय विषय “एम्पावर पिपल टु लिड चेन्ज” वर्तमान सन्दर्भमा अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले कृत्रिम बौद्धिकता (एआइ) बदलिँदो कार्यशैली, महामारीपछिको कार्यसंस्कृति तथा आर्थिक अनिश्चितताजस्ता चुनौतीहरूको बीचमा एचआर पेशेवरहरूले परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

अध्यक्ष थापाले एचआर पेशेवरहरू अब केवल परिवर्तनलाई सहयोग गर्ने भूमिकामा सीमित नरही परिवर्तनको नेतृत्व गर्ने अवस्थामा पुगेको बताउनुभयो। उनले मानव संसाधन समाज नेपालको साझा दृष्टिकोण “वन एचआर – वन भ्वाइस – वन कम्युनिटी” लाई संगठन, उद्योग तथा समाजलाई मानव–केन्द्रित बनाउने सामूहिक प्रतिबद्धताको रूपमा व्याख्या गरे।

उनले नेपालको एचआर समुदायको बढ्दो एकता, नेतृत्व क्षमता तथा पेशागत योगदानको प्रशंसा गर्दै सम्पूर्ण सदस्य, साझेदार, सहयोगी तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रमको सञ्चालन तथा समन्वय मानव संसाधन समाज नेपालका महासचिव दिनेश नाथले गर्नुभएको थियो। उहाँले सहभागीहरूबीच प्रभावकारी अन्तरक्रिया, नेटवर्किङ तथा अनुभव आदानप्रदानका लागि कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरीएको आयोजकले जनाएको छ।