Dhulikhel Eco Banner new

काठमाडौंमा बिहान सफा आकाश, साँझसम्ममा हल्का वर्षाको सम्भावना

1.18K
shares

मंगलबार बिहान काठमाडौं उपत्यकामा मौसम खुलेको छ। आकाश सफा रहेको भए पनि दिन ढल्कँदै जाँदा मौसमले पल्टा खाने संकेत देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अपराह्नदेखि बादलको मात्रा क्रमशः बढ्दै जानेछ। साँझपख भने क्षणिक र हल्का वर्षा हुन सक्ने सम्भावना महाशाखाले औंल्याएको छ। बिहानको स्वच्छ आकाश दिउँसोसम्म मात्र कायम रहने र त्यसपछि मौसमले रूप फेर्ने मौसमविद्हरूको भनाइ छ।

तापक्रमका हकमा आज उपत्यकामा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। यसअघि सोमबार अधिकतम तापक्रम ३०.३ डिग्री र न्यूनतम तापक्रम १९.८ डिग्री सेल्सियस मापन भएको थियो।