दीपक भट्ट र शुलभ अग्रवाललाई थप तीन दिन थुनामै राखिने
वि.सं.२०८३ जेठ २६ मंगलवार १०:०४
988
shares
shares

काठमाडौं, २६ जेठ । हाल चार अर्ब प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई तीन दिन म्याद थप गरेको छ ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई तीन दिन म्याद थप गरेको छ ।
भट्टको हकमा आठौँ पटक र अग्रवालको हकमा नवौँ पटक म्याद थप भएको हो । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूलाई पुन: थुनामा राख्ने अनमुति दिएको हो ।













