सिविफिन अध्ययनको निष्कर्ष : उपभोगमा अत्याधिक खर्च बढ्यो

4.6K
shares

काठमाडौं, २३ असार । नेपालीहरुको खर्च शैली परिवर्तन भएको कारण अर्थतन्त्रमा नकारात्मक असर परेको अध्ययनले देखाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघले तयार पारेको अध्ययनले उपभोगीय खर्च निकै बढेको निष्कर्ष निकालेको हो ।

नेपालमा विप्रेषण र बैक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह हुने ऋणले व्यापार घाटामा पारेको प्रभावको विषयमा त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागसँगको सहकार्यमा सिविफिनले अध्ययन गरेको थियो ।

रेमिट्यान्सबाट आएको रकम समेत आयातमा खर्च भएको अध्ययन प्रतिवेदनमा उल्लेख्य छ । त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर रमेशचन्द्र पौडेलले उत्पादनमूलक क्षेत्रमा हुनुपर्ने खर्च अन्यत्र बढेको बताए । कोभिडपछि अझ धेरै उपभोगमा खर्च बढेको उनले बताए ।