Dhulikhel Eco Banner new
NCHL Banner 2081

अर्थतन्त्रका सूचकले नै पुष्टि गर्यो, देशको अवस्था गत वर्ष भन्दा राम्रो

5.84K
shares

काठमाडौं, १६ वैशाख । नेपालको अर्थतन्त्रका विषयमा पछिल्लो समय निकै चर्चामा हुने गरेको छ । श्रीलंकको अर्थतन्त्र टाट पल्टन लागेपछि धेरैले नेपालको अवस्था पनि श्रीलंका जस्तै हुन्छ कि भनेर आशंका गरेका छन् । तर वास्तवमा अर्थतन्त्रको अवस्था गत वर्षको भन्दा राम्रो देखिएको छ । आर्थिक परिसूचकहरुले नै गत वर्षको भन्दा यस वर्ष निकै राम्रो देखिएको पुष्टि गरेका छ ।

केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा ५।८४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । यो वृद्धिदर सरकारले प्रक्षेपण गरेको ७ प्रतिशतभन्दा १।१६ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७७–७८मा ३।८३ प्रतिशत आर्थिक वृद्धि हासिल हुने संशोधित अनुमान गर्दै विभागले चालु आर्थिक वर्षमा यस्तो वृद्धिदर त्यो भन्दा बढ्ने अनुमान गरेको हो । आर्थिक वर्ष २०७६–७७मा आर्थिक वृद्धिदर ऋणात्मक हुँदै –२.४२ प्रतिशतमा झरेको थियो ।

विभागले हालसम्म कोभिड १९को असार विद्यमान रहेको भन्दै यसलाई न्युन गर्न अबलम्बन गरिएका आन्तरिक तथा बाह्य प्रयासहरुको प्रभाव अर्थतन्त्रमा पनि परेको बताएको छ । तथापि पछिल्ला दिनमा नेपालमा कोभिडको प्रभाव न्युन भएको चालु आर्थिक वर्षको अन्त्यसम्म नै यसको नकारात्मक असार नहरने प्रक्षेपण विभागको छ। आर्थिक क्रियाकलापहरु समान्य किसिमले सञ्चालन हुने अनुमानसहित विभागले यस्तो प्रक्षेपण गरेको हो ।

विभागको प्रक्षेपणअनुसार चालु आर्थिक वर्षको बजेटकै हाराहारी व्यापार घाटा हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार चालु आर्थिक वर्षमा १५ खर्बको व्यापार घाटा हुनसक्ने प्रक्षेपण सार्वजनिक गरेको छ । जबकी यो वर्ष बजेट नै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको मात्रै हो ।

यसअनुसार यो वर्ष बजेटभन्दा १ खर्ब ३२ अर्ब रुपैयाँले कम मात्रै व्यापार घाटा हुनसक्ने विभागको प्रक्षेपण छ ।