GBIME

छायाँदेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने

1.04K
shares

छायाँदेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारण लागि आईपीओ जारी गर्ने भएको छ । सो शेयर निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी आइतबार सम्झौता सम्पन्न भएको छ । सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडकातर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल काठमाडौँको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । छायाँ देवी कम्पलेक्स लिमिटेडको कूल निर्माण क्षेत्र करीब ३ लाख ५० हजार वर्गफिट भन्दा बढी रहेको छ । जस अन्र्तरगत २ सय वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै प्रसिद्ध सिनेमा चेन क्युएफएक्स तथा अन्तरराष्ट्रिय नेटवर्क पाँचतारे होटल “दि एलोफ्ट” सञ्चालन भइरहेको छ ।

विदेशी पर्यटकहरुको लागि अति नै लोकप्रिय रहेको ठमेलको मध्यभागमा अवस्थित रहेको छायाँ देवी कम्पलेक्स लिमिटेड नेपालकै ठूलो मध्येको एक मेगा कम्प्लेक्सको रुपमा रहेको छ । कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

 

Dhulikhel Eco Resort 1200*100