Dhulikhel Eco Banner new

‘सिद्धार्थ इक्विटी फन्ड’ नेप्सेमा सूचीकृत

7.61K
shares

काठमाडौं, १९ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ‘सिद्धार्थ इक्विटी फन्ड’ सूचीकृत भएको छ।  यस योजनाका इकाइहरु भोलि बुधबारबाट कारोबारमा आउनेछ।

यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले यस योजनाका इकाइ कारोबारका लागि ‘एसईएफ२’ संकेत प्रदान गरेको छ। यो योजनाको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक रहेको छ भने योजना व्यवस्थाकमा सिद्धार्थ क्यापिटल रहेको छ। यो योजना सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।