GBIME

एनएमबि क्यापिटलको सीईओमा वैद्य नियुक्त

1.09K
shares

एनएमबि क्यापिटलको प्रमुख कार्यकारी अधिकृत सिईओमा दीपेश कुमार वैद्य नियुक्त भएका छन् । सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा वैद्यलाई नियुक्त गरेको हो ।

वैद्यसँग स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव रहेको छ । वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ्ग कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य अनुभव रहेको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत वैद्यले आइतबार आफ्नो कार्यभार सम्हालेका कम्पनीले जनाएको छ ।

Dhulikhel Eco Resort 1200*100