‘राष्ट्र बैंकको गभर्नर कुनै राजनीतिक दलमा आवद्ध हुने कुरा सोच्न पनि मिल्दैन’

वि.सं.२०७९ असार २८ मंगलवार १८:४४
shares

काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू कुनै दलको कुनै समितिमा नरहेको बताएका छन् । नेकपा एमालेको आर्थिक तथा योजना विभाग सदस्यमा एम. अधिकारी (खोटाङ) नाम समेटिए पछि गभर्नर अधिकारी पार्टीको सदस्य भएको भन्दै आलोचना भएको छ ।
यस विषयमा केटिएम भ्वाइसलाई प्रतिक्रिया दिदै गभर्नर अधिकारीले आफू कुनै दलमा नरहेको बताएका हुन् । आफ्नो नामसँग मिल्दोजुल्दो नाम आएपछि आफूले एमाले नेतालाई सम्पर्क गरेर सोधेको उनले बताए । ‘मैले उहाँलाई सोधे, तपाई होइन भन्नु भएको छ’ गभर्नर अधिकारीले भने, ‘नाम मिल्दोजुल्दो देखिएकाले शंका हुनसक्छ, यो विषयमा उहाँहरुले प्रष्टिकरण दिनु पर्नेहो ।’
उता एमाले नेताहरुले भने यस विषयमा खुलेर बोलेका छैनन् । विभागको संयोजकमा भने नेता घनश्याम भुसाल रहेका छन् । यस विषयमा प्रष्ट पार्न नेता भुसाललाई पटक पटक टेलिफोन सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।