Nepal Life Banner (End Date 5 Magh 2081)

काठमाडौंबाट युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

3.39K
shares

काठमाडौं । काठमाडौंबाट युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् ।

प्रहरीले भक्तपुरका सञ्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरी बताउँछ ।

थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।