Mangaldeep Aagarbatti
GBIME

गभर्नर निलम्बन प्रकरणमा गभर्नरको पक्षमा आदेश

846
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन प्रकरणमा सर्वोच्च अदालतले यस अघि दिइएको अन्तरिम आदेशलाई नै निरन्तरता दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीस सपना मल्ल प्रधान र टंकप्रसाद मोक्तानको संयुक्त इजालासले गभर्नर अधिकारीलाई तत्काल नहटाउन यस अघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

गभर्नर अधिकारीले सरकारले विनाकारण आफूमाथि छानबिन समिति गठन गरेको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्षको चैत २५ गते बसेको मन्त्रिपरिषदले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निणर्य गरेसँगै उनी निलम्वनमा परेका थिए ।

तर वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निणर्य कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि गभर्नर अधिकारी काममा फर्किएका छन् ।

National life Banner