Nepal Life Banner (End Date 5 Magh 2081)

‘५ वर्षमा एमालेको घोषणापत्र अनुसार केही पनि काम भएन’

9K
shares

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा कांग्रेसकामेयरका उम्मेदवार सुदीप अधिकारीले विगत ५ वर्षमा एमालेले घोषणापत्र अनुसार काम नगरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, “आज सम्म राजनीतिक दलले तयार पारेका घोषणपत्रमा रामधुनी नगरबासीको हक हितमा काम गर्ने भनेर घोषण गर्ने तर निर्वाचन पछि कुनै काम नगर्ने प्रवृतिले नगरवासी आजित भएका छन्, यदि मलाई रामधुनिले जिताए त्यसलाई सुधारेर अघि बड्छु ।”

अधिकारीले ग्रामीण बस्तीमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको समेत दावी गरे ।

उनले भने, “ग्रामीण क्षेत्रबाट विकासको सुरुवात गर्ने अवधारणाका साथ सबै ग्रामीण बस्तीहरूमा सडक, सञ्चार, खानेपानी, इन्टरनेट, विद्युत लगायतका पूर्वाधारको विकास गरी स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न मेरो उम्मेदवारी हो ।”

अधिकारीले पाँच वर्षमा रामधुनीमा अस्पताल, शिक्षा क्षेत्रमा सुधार, विपन्न समुदायका बालबालिकालाई शिक्षामा सहज पहुँच, खाली जग्गामा बिभिन्न संरचना निर्माण, रामधुनी मन्दिरको प्रचारप्रचार, बिभिन्न जातिको धार्मिक तथा संस्कृतिको सङ्ग्रहालय निर्माण र ग्रामीण बस्तीहरूमा स्मार्ट भिलेजको अवधारणामा आफ्नो जोड रहने दावी गरे ।