Nepal Life Banner

जिल्लामा फोन गरेको भन्दै निर्वाचन अधिकृतले पत्रकारलाई धम्काए

4.39K
shares

काठमाडौं, १६ वैशाख । मूख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरेर सूचना मागेको भन्दै वेलका नगरपालिकामा कार्यरत निर्वाचन अधिकृत जनकराज पन्तले धम्काएका छन् । वेलका नगरपालिकाको स्वतन्त्र उम्मेदवारीका विषयमा जानकारी लिन केटिएम भ्वाइस डटकमबाट मूख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता देबराज भट्टराईलाई सम्पर्क गरिएको थियो ।

सूचना माग्न प्रवक्तालाई फोन किन गरेको भन्दै पन्तले केटिएम भ्वाइसकर्मी रमेश पौडेललाई धम्की दिएका हुन् । ‘यहाँको ठूलो मान्छे म हो, किन जिल्लातिर फोन गरेको ?’ उनले धम्कीपूर्ण भाषामा भने, ‘तपाईले पत्रकारिता गरेको कति भयो ? तपाईहरुले तरिका के हो ?’

पन्त तिनै अधिकृत हुन् जसले अन्य पत्रकारहरुलाई पनि सूचना दिन आनाकानी गर्ने गरेका थिए । मूख्य निर्वाचन अधिकृतका प्रवक्ता भट्टरार्यले भने यस विषयमा के कसो भएको भनेर जानकारी लिने र मूख्य निर्वाचन अधिकृतलाई जानकारी गराउने बताएका छन् । उदयपुर जिल्ला न्यायाधीय दीपक खनाल उदयपुरको मूख्य निर्वाचन अधिकृतको रुपमा खटिएका छन् ।