एमालेका विद्रोही उम्मेदवार तेजमानले पाए ‘भुईकटहर’ चुनाव चिन्ह

वि.सं.२०७९ वैशाख १७ शनिवार १४:०६
10.8K
shares
shares

उदयपुर, १७ वैशाख । बेलका नगरापालिकाका नेकपा एमालेका बागी उम्मेदवार तेजमा विश्वकर्माले भुईकटर चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन आयोगले चुनाव चिन्ह अन्य राजनीतिक दलसँग नमिलोस भनेर स्वतन्त्र (बागी) उम्मेदवारलाई अन्तिमा चिन्ह दिने गर्छ । त्यहि क्रममा विश्वकर्माले पनि आज चुनाव चिन्ह पाएका हुन् ।
विश्वकर्मा बेलकाका एमालेका स्थानीय नेता हुन् । उनी बेलका नगर कार्यपालिकाको सदस्य भैसकेका थिए । उनले आफुभन्दा जुनियर व्यक्तिलाई एमालेले वडा अध्यक्षको टिकट दिए पछि उनले बागी उम्मेदवारी दिएका हुन् ।