बन्दीपुर केबलकारले होटलको निर्माण गर्ने
वि.सं.२०७९ वैशाख १८ आइतवार १६:४२
shares
काठमाडौँ, १८ वैशाख। बन्दीपुर केबलकार प्रालिले होटलको निर्माण गर्ने भएको छ । कम्पनीले दुई चरणमा आयोजना अगाडि बढाएको छ । तनहुँ जिल्लामा खोल्न लागिएको होटलको पहिलो चरणमा केबलकार, रेष्टुरेन्ट, होटल बिल्डिङ स्टक्चर निर्माण गर्नेछ । दोस्रो चरणमा भने बन्दीपुरको केबलकारको हिलटपमा चार तारे होटलको निर्माण कार्य सम्पन्न गर्नेछ ।
उक्त निमार्ण कार्य कम्पनीले १ अर्ब रुपैयाँको दीर्घकालिन कर्जाको रेटिङ पाएकाले गर्न लागेको हो । कम्पनीले दीर्घकालिन कर्जाका लागि १ अर्ब रुपैयाँको ‘डबल बी रेटिङ’ गराएको जानकारी दिएको छ ।
पहिलो चरणको आयोजना २०२३ को अप्रिलसम्ममा सम्पन्न हुने अनुमान गरेको छ । फेब्रअरी २०२२ सम्ममा आर्थिक प्रगति ७६ प्रतिशत भइसकेको थियो । अहिले केबलरकारका लागि टावर जडानको काम अन्तिम चराणमा पुगेको छ भने टावरको पूर्ण जडानपछि डोरी तान्न शुरु हुने कम्पनीले जनाएको छ । हाल आयोजना चरणबद्ध रुपमा निर्माण भइरहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार आयोजनाको लागत ४१ प्रतिशत बढेको जनाएको छ । शुरुमा १ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा अहिले २ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनुमान लागत पुगेको छ । कम्पनीका अनुसार कम्पनीको लागत बढ्नुको मुख्य कारण कम्पनीले परियोजनाको दायरा परिवर्तन रहेको जनाएको छ । साथै,क कोभिड–१९ महामारीको बीचमा केही समय ओभररनसँग जोडिदा लागत बढ्न गएको कम्पनीको भनाइ छ ।
कम्पनीले प्रतिघण्टा १९२ देखि ५०० जना यात्रु यात्रा गर्न सक्ने क्षमता रहेको जनाएको छ । जसमा पहिलो चरणका लागि ७० करोड रुपैयाँ र दोस्रो चरणका लागि ३० करोड दीर्घकालिन कर्जाको रेटिङ गराएको छ ।
जनवरी २०१३ मा स्वीकृति पाएको कम्पनीले केबलकारसँगै होटलको सुविधा प्रदान गर्नेछ । कम्पनीले केबल कारको सहायताबाट बेस स्टेशनबाट लिटप स्टेशन पु¥याउने सुविधा प्रदान गर्ने भने दोस्रो लजिङ र हस्पिटालिटीको सुविधा प्रदान गर्नेछ ।