बिजुली बिक्रीबाट आम्दानी वृद्धि भएपछि आँखुखोलाको १६८.५७% ले बढ्यो नाफा

वि.सं.२०७९ वैशाख १८ आइतवार १७:०४
shares

काठमाडौं,१८ वैशाख । आँखुखोला जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ४ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १६८.५७% धेरै हो । गत वर्ष यसले १ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढोत्तरी भएसँगै नाफा बढ्न टेवा पुगेको छ । गत वर्ष १४ करोड ७८ लाख रुपैयाँ बिद्युत बिक्रीबाट आम्दानी गरेको यसले यो त्रैमासमा बढाएर १७ करोड ३७ लाख रुपैयाँ पुर्याएको छ ।
यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । गत वर्ष ९ लाख ३१ हजार रुपैयाँ रहेको अन्य श्रोतबाट हुने आम्दानी यो वर्ष घटेर ६ लाख ७६ हजार रुपैयाँ भएको छ । हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने २३ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ०८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ ८९ पैसा छ ।