निर्वाचन आयोगले सोध्यो स्थापितलाई स्पष्टिकरण

वि.सं.२०७९ वैशाख १९ सोमवार १४:११
shares

काठमाडौ, १९ वैशाख काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ। आयोगले केहि दिनयता स्थापितले दिएको अभिव्यक्तिलाई लिएर चित्तबुझ्दो जवाफसहित स्पष्टिकरण सोधेको हो ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिकरुपमा दिएको अभिव्यक्तिका विषयमा जवाफ माग गरिएको बताए। उनले भने, ’हामीले काठमाडौं महागरका मेयरका उम्मेदवार स्थापितलाई उहाँको अभिव्यक्तिका विषयमा जवाफ माग गरेका छौं ।’
स्थापितलाई २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । मेयरका उम्मेदवार स्थापितले एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ’यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । यस्तै, काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए ।