बिज बजारको छुट सहितको ’२० मा बिज’ नामक अभियान मंगलबार बाट सुरु

702
shares

काठमाडौँ, २० वैशाख । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिज बजारले वैशाख २० गतेदेखि प्रत्येक महिनाको २० गते “२० मा बिज“ नामक सञ्चालन गर्ने अभियान अन्तर्गतको वैशाख महिनाको अभियान मंगलबार राती १२ बजेबाट लाइभ गरेको छ।

यस अभियानमा सेवाग्राहीहरूले प्रत्येक महिनाको २० गते बिज बजारबाट @ गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्की ड्र मार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् । त्यसै गरी सो अभियान अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजे देखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुट सहितका रहस्यमय सामानहरूको फ्ल्यास सेल पनि सञ्चालन हुनेछ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो अभियान प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ, साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरिरहेको छ ।

 

Kumari Banner