मंगलम पाइप्सले प्रदान गर्यो कर्मचारीहरुलाई सम्मानपत्र तथा मायाको चिनो

792
shares

काठमाडौं, २० वैशाख । मंगलम पाइप्सले आफ्ना कर्मचारीहरुलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेको छ। नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रालिले आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसँगै भैरहवास्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको थियो।

सो अवसरमा मंगलम पाईप्सले उद्योग स्थापनाको सुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसापत्र पनि वितरण गरेको प्रालिले जनाएको छ। उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका छन्।

मंगलम उद्योगका प्रबन्धक निर्देशक अभिनव चुरिवालले भने, ‘हाम्रो शुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुख–दुःखमा पनिसँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौं, यो सबै यहाँहरुकै टेवा हो। एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन। आज यहाँहरुसँग बसेर अन्तरक्रिया गर्दा निकै खुशी मिलेको छ। मंगलम ग्रुपलाई यो उचाईसम्म पुर्याउनुभएकोमा आभार प्रकट गर्दछु र आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु।’

Kumari Banner