विमानस्थलमा दुई घण्टाभित्र सात वटा बम पड्किने चेतावनी दिने को थिए ?

1.19K
shares

काठमाडौ, २१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ सात ठाउँमा बम राखिएको भन्दै फोन गर्ने अपरिचित व्यक्तिको मोबाइल नम्बरबारे अनसन्धान सुरु भएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान ९ बजेर ४० मिनेटमा पहिलो कल आएको थियो । दोस्रो कल ९ बजेर ५० मिनेटमा आएको थियो । दुवैपटक फोन गर्ने पुरुष व्यक्ति एउटै थिए । उनले सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विष्फोट हुँदैछ भनेपछि तत्कालै टर्मिनल खाली गरेर सर्च गर्दा केही नभेटिएको प्रवक्ता सिटौलाले बताए ।

प्रवक्ता सिटौलाले ९ बजेर ४० मिनेटदेखि ५० मिनेटको बीचमा आएका तीनवटा अपरिचित नम्बरको अनुसन्धान भइरहेको र उन्का अनुसार ती सबै कल नेपाल बाहिरका रहेको छ ।

 

Kumari Banner