प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह विरूद्धको रीटमा सुनुवाइ हुँदै

वि.सं.२०७९ वैशाख २१ बुधवार १२:५९
810
shares
shares

काठमाडौँ, २१ वैशाख । नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज तोकेको पेसी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।