GBIME

अन्नपूर्ण केवलकारमा निःशुल्क बस सेवा

1.25K
shares

काठमाडौँ, २१ वैशाख । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुकालागि बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाकालागि बस सेवा सुरु गरेको हो ।

केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नकालागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवा समेत सञ्चालनमा ल्याएको छ ।

केवलकारमा यात्रा गर्ने स्वदेशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराही चोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ ।

केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ्रे लगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटककालागि यो सुविधा प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ ।