पाँच जिल्लामा पाँच नै मृतक फेला

वि.सं.२०७९ वैशाख २१ बुधवार १३:५०
shares

काठमाडौं, २१ वैशाख । भक्तपुर, सप्तरी, स्याङ्जा, कपिलवस्तु र कास्कीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल चापाकोट दाहालगाउँ बस्ने २४ वर्षीय विवेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका–८ महुलिया टोल बस्ने ७५ वर्षीय कुसुमलाल दास सोही नगरपालिका–६ स्थित सुरुङगा डाँडाको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–२ सन्दिखोला बस्ने ५६ वर्षीया सुन माया नेपाली सोही गाउँपालिका–५ ओईयापुलस्थित मान्छे नबस्ने पुरानो घरभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन् त्यसै गरि कपिलवस्तुको शिवराज नगरपालिका–५ पुर्वी रहटकोल गाउँ नजिक खेतमा विजयनगर गाउँपालिका–२ बस्ने ४५ वर्षीय प्रभु थारू मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–२ ठुलाचौर बस्ने ४७ वर्षीय ओम प्रकाश दाहाल सोही गाउँपालिका–२ तारे पहरो डम्थी सामुदायिक वनको भीरमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् र । घटनाहरूको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।