GBIME

गोल्छा भन्छन : अर्थतन्त्र कता लैजाने भन्ने निजी क्षेत्रको हातमा छैन

1.19K
shares

काठमाडौं, २१ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष शेखर गोल्छाले नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अन्तक्रिर्यामा बोल्दै गोल्छाले अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भएको बताए । सोहीकारण यसमा निजी क्षेत्रको भूमिका नरहने उनको तर्क छ ।

निजी क्षेत्रले उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रीत गर्न नसक्दा यस्तो अवस्था आएको आरोप सरकारी स्तरबाट लगाउने गरिएको सन्दर्भ निकाल्दै उनले अर्थतन्त्र कता लैजाने भन्ने जिम्मा निजी क्षेत्रको हातमा नरहने बताएका हुन् । निजी क्षेत्रको उद्देश्य नाफामुलुक भएको भन्दै उनले कर्जा कहाँ गएको छ, सही दिशामा गयो वा गएन भनेर नियामक निकायले हेर्नु पर्ने उनले बताए ।

Premier Steel Banner