GBIME

भैरवकुण्डले बोलायो एजिएम, केके छन् एजेण्डा ?

1.18K
shares

काठमाडौं, २२ वैशाख। भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ १२ गते १९औं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा कम्पनीको कार्यालय, ललितपुरमा दिउँसो १ बजे शुरु गर्ने निर्णय गरेको हो ।

सभाको विशेष प्रस्तावमा कम्पनीको नाम परिवर्तन गर्ने तथा स्वीकृत प्रवन्धपत्र र नियमावलीको दफा संशोधन गर्ने रहेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने साथै विविध विषयमा छलफल गर्नेछ ।

Dhulikhel Eco Resort 1200*100