रोल्पामा चार दलका कार्यकर्ताबीच झडप

वि.सं.२०७९ वैशाख २२ बिहीवार ११:२०
shares

रोल्पा २२ वैशाख । रोल्पाको माडी गाउँपालिका–३, तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ ।
झडपमा परेर कांग्रेसका वडाध्यक्षका उमेदवार मीनबहादुर डाँगी घाइते भएका छन् । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो ।
डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाइएको कांग्रेस क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए । उनलाई उपचारका लागि दाङतर्फ लगिएको छ ।
बाटोमा डाँगी चढेको गाडी नियन्त्रणमा लिएर उनीमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताए ।