कृषि विकास बैंकको डलर कार्ड शुरु

वि.सं.२०७९ वैशाख २२ बिहीवार १२:०३
4.04K
shares
shares

काठमाडौं, २२ वैशाख । कृषि विकास बैंक लिमिटेडले डलर कार्डको सेवा शुरू गरेको छ । बैंकले आधुनिक प्रविधिको विकासलाई आत्मसाथ गर्दै डलर कार्ड सेवा शुरू गरेको हो । उक्त सेवाको शुरूवात वैशाख १५ गतेबाट भएको हो ।
उक्त कार्डबाट विदेशी मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि ई–कमर्शको माध्यमबाट अनलाईन सपिङ तथा लिन भुक्तानी गर्नका लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सीमा भित्र रहि कारोवार गर्न सकिने छ ।