GBIME

मर्जर प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

1.12K
shares

काठमाडौं, २२ वैशाख । मर्जर प्रस्ताव पारित गर्न नबिल बैंकले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको बिहीबार बसेको बसेको सञ्चालक समितिको बैठकले जेठ ७ गते विहान ११ बजे काठमाडौंमा विषेश साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि शेयरधनीदर्ता पुस्तिका आगामी वैशाख ३० गते बन्द गर्ने जानकारी दिएको छ । साधारणसभाबाट बैंकले नेपाल बंगलादेश बैंकसँग भएको मर्जर सम्बन्धी सम्झौतालाई पारित गर्नेछ ।

Dhulikhel Eco Resort 1200*100