Nepal Life Banner

जीडीपीमा प्रदेशको हिस्सा : बागमतीको घट्यो, गण्डकीको वृद्धिदर धेरै

3.28K
shares

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा बाग्मती प्रदेशको हिस्सा घटेको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक गतिविधि दोब्बरले बढेपछि राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा बाग्मतीको घटेको हो ।

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको सबैभन्दा धेरै प्रतिशत विन्दुले आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङक विभागले जनाएको छ । विभागका अनुसार चालु आवमा गडकी प्रदेशको आर्थिक वृद्धि ६.१७ प्रतिशतले वृद्धि हुने जनाएको छ । गत आवमा गण्डकी प्रदेशको आर्थिक वृद्धि ३.७३ प्रतिशतले मात्र बढेको थियो ।

देशको कुल ग्राहस्थ उतपादनमा ४८ खर्ब ५२ अर्बमा बाग्मती प्रदेशको मात्र १७ खर्व ९१ रुपैयाँ बरावरको योगदान रहने अनुमान छ । चालु आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव १७ खर्व ९१ अर्ब हुने अनुमान छ ।

यो भनेको राष्ट्रिय कुल ग्राहस्थ उत्पादनको ३६.९ प्रतिशत हो । गत आर्थिक वर्षका संशोधित अनुमान अनुसार यस प्रदेशको कुल ग्राहस्थ उत्पादन १५ खर्व ६८ अर्ब रहेको छ । गत आवमा राष्ट्रिय कुल गार्हस्थ उत्पादनको ३७.७ प्रतिशत हिस्सा ओगटेको बाग्मती प्रदेशले चालु आवमा ३६.९ प्रतिशत योगदान पुर्याउने अनुमान विभागको छ ।

गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.६ प्रतिशत रहेको बाग्मती प्रदेशको चालु आवमा ६.७ प्रतिशत पुग्ने अनुमान विभागको छ । बाग्मती प्रदेशको कुलगार्हस्थ्य उत्पादनमा सबैभन्दा बढि योगदान २५.१ प्रतिशतले थोक तथा खुद्रा व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१ प्रतिशतले कला तथा मनोरन्जन आदि क्षेत्रको रहेको छ।

चालु आवमा गण्डकी प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ४ खर्व ३२ अरव हुने अनुमान छ । गत आर्थिक वर्षका संशोधित अनुमान करिव ३ खर्व ८० अर्ब रुपैयाँ रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ८.९ प्रतिशत योगदान पुर्याउने अनुमान विभागको छ । यसै गरी गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ३.७ प्रतिशत थियो भने चालु आवमा सुधार आई ६.२ प्रतिशत हुने अनुमान विभागको छ । यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २६.० प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

चालु आर्थिक वर्षमा प्रदेश १ को कुल गार्हस्थ्य उत्पादन ७ खर्व ६३ अर्ब हुने अनुमान गरिएको छ भने गत आर्थिक वर्षको संशोधित अनुमान ६ खर्व ७६ अर्ब रहेको छ । यो प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.७ प्रतिशत योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आवमा कुल गार्हस्थ उत्पादनको बृद्धि दर ४.३ प्रतिशतले थियो भने यस आवमा सुधार आई ५.४ प्रतिशत कायम रहने अनुमान विभागको छ । यो प्रदेशमा कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३३.१ प्रतिशत कृषि क्षेत्रको रहनेछ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने अनुमान छ ।