एक युवकले गरे आफ्नै बुबा–आमाको हत्या

वि.सं.२०७९ वैशाख २३ शुक्रवार ११:५२
912
shares
shares

काठमाडौं, २३ वैशाख । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा एक युवकले आफ्नै बुबा–आमाको हत्या गरेका छन् ।
फक्ताङलुङ–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बुले गएराति ७० वर्षीय बुबा बृखबहादुर र ७२ वर्षीया आमा फिपरानीको हत्या गरेका प्रहरीले जनाएको छ । मादक पदार्थ खाएर घर पुगेका आइतराजले घरायसी विवादका क्रममा आमाबुबाको हत्या गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुवाआमाको हत्या लगत्तै प्रहरीले आइतराजलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।