GBIME

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सको शेयर कारोबार रोकियो

942
shares

काठमाडौं, २३ वैशाख । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको छ । बिमा समितिले तोकिएको चुक्ता पूँजी पुर्याउनका लागि एक आपसमा गाभिन लागेका हुन ।

यी दुई कम्पनी एक आपसमा गाभिने सम्झौता भएसँगै शेयर कारोबार रोक्का भएको हो । कम्पनीहरुबीच बिहिवार २२ गते मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा हिमालयन जनरल इन्स्योरेन्सका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिभ सापकोटाले हस्ताक्षर गरेका हुन ।

 

Dhulikhel Eco Resort 1200*100