डिजे बजाएको भन्दै सुनसरीमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १६:५६
2.7K
shares
shares
विराटनगर, २३ वैशाख । सुनसरीको दुहबी नगरपालिकामा डिजे बजाएको भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
दुहबी नगरपालिका–९ को छाताबेली चोकमा स्थानीय तह निर्वाचनको प्रचार–प्रसारका क्रममा उक्त झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए ।