किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवक पक्राउ

वि.सं.२०७९ वैशाख २३ शुक्रवार १७:१२
3.09K
shares
shares

काठामाडौं, २३ वैशाख । कैलालीमा एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीय १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कैलालीको टीकापुर नगरपालिका–१ घर भएका ३० वर्षीय दीपेन्द्र साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनलाई जिल्ला अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।