GBIME

अवैध लागुऔषध सहित पक्राउ

1.3K
shares

काठमाडौं । मोरङ, बिराटनगर महानगरपालिका १५ स्थितबाट करिब ७ ग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सुनसरी ईटहरी उपमहानगरपालिका(४ बस्ने ४० वर्षीय राजेन्द्र केसीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को २५ प ७६५८ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक केसीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धनौजी गाउँपालिका–५ स्थित सडकबाट नियन्त्रित लागुऔषध नाईट्रोभेट ६० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा क्षिरेश्वरनाथ नगरपालिका(७ दुर्गा टोल बस्ने ३३ वर्षीय बिहारीबाबु महतो र सोही ठाउँ बस्ने २४ वर्षीय कृष्ण कुमार महतो रहेका छन् । प्र।२(०२(००३ प।३०१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी डेवडियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Premier Steel Banner