साना तथा मझौला उद्योग व्यवसायलाई ‘प्रमोट’ गर्छौ : डा. पोख्रेल
वि.सं.२०७९ वैशाख २४ शनिवार १६:४९
shares
काठमाडौं, २४ वैशाख । अर्थमन्त्रालयका बैंक तथा वित्तीय सल्लाहकार डा. शालिकराम पोख्रेलले साना तथा मझौला उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘प्रतिस्थापन बजेट कार्यान्वयनको अवस्था र आगामी बजेटका प्राथमिकता’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. पोख्रेलले साना तथा मझौला उद्योग व्यवसायलार्य प्रवद्र्धन गनुपर्ने बताएका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माको कोर टिममा रहेर काम गरिरहेका उनले आगमी बजेटको कार्यदिशामा समेत यस्तै हुने उनले बताएका छन् । सरकारले लामो समयदेखि अर्थतन्त्रलाई सवल बनाउन विभिन्न नीतिहरु लिने गरेको भन्दै नीति मात्रै लिएर भने नहुने उनको भनाइ छ । अब उत्पादनलाई नै जोड गर्नुपर्ने उनले बताए ।
विदेशबाट आउने रेमिट्यान्सको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण हुने उनको भनाइ छ । तर रेमिट्यान्सको सहि उपयोगमा भने ध्यान दिनु पर्ने उनले बताए । रेमिट्यान्सलाई mउत्पादनसँग जोड्न सके अर्थतन्त्रलाई धेरै फाइदा पुग्ने उनको भनाइ छ ।