GBIME

मोटरसाइकल दाइजो नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ

1.08K
shares

काठामाडौं, २५ वैशाख । विवाहमा दाइजो मोटरसाईकल नदिएको भनि विवाद गरेको आरोपमा झापामा प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ ।

शुक्रबार झापा गाउँपालिका(४ बस्ने २८ वर्र्षीय बेहुला डेबिट चौधरीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । मेचीनगर नगरपालिका (१५ बस्ने पुष्पलाल राजबंशीकी छोरीसँग विवाह हुँदै गर्दा चौधरीले विवाहमा मोटरसाइकल दाइजोमा नदिएको भन्दै विवाद गरेको आरोप छ ।

चौधरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । प्रहरीले उनिमाथी विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ ।

Dhulikhel Eco Resort 1200*100