‘मैले वडा अध्यक्ष जिते कुलत मुक्त वडा बनाउँछु’

3.08K
shares

काठमाडौं, २५ वैशाख । वर्दिया जिल्ला मधुवन वडा नम्बर ९ का नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार तिर्थ चापागाईं बलियो उम्मेदवारका रुपमा रहेका छन् । उनले अफुले वडा अध्यक्ष जिते कुलत रहित वडा बनाउने दवी गरेका छन् ।

चापागाईले केटिएम भ्वाइससँगको कुराकानीमा भनेका छन्, ‘मैले वडा अध्यक्ष जिते वडामा कुलतमा फसेका युवाहरुलाई सुधार केन्द्रमा राखि कुलत मुक्त वडा बनाउँछु, र ति युवालाई कृषिजन्य उत्पादनमा लगाउँछु ।’

उनले वडा बनाउने विभिन्न योजनाहरु अगाडी सारेका छन् । वडा विकास गर्न युवाहरुलाई निशुःक फम दर्ता गराउने, कृषिमा जोड दिएर रोजगारी सिर्जना गर्ने, खाली जग्गामा खोति गर्न प्रोत्साहान गर्ने, प्राविधिक शिक्षामा जोड दिने, सरकारी कार्यालबाट दिने सेवामा छिटो–छरितो रुपमा पुराउँने, सवै वडा वासिलाई स्वास्थ्य विमा गरिदिने, शिक्षाबाट बन्चित बालबालीकालई शिक्षाको पहुँचमा ल्याउने प्रतिवधता गरेका छन् ।

चापागाईले कृषिबाट वडाको विकास गर्न सकिने भएकाले कृषिमा मात्र जोड दिए वडाको विकास हुने बताएका छन् ।